सिन्धुपाल्चोकको सुकुटे पर्यटकको रोजाइमा पर्दै 

होमपेज / अर्थ / समाज /
छोटो दुरीमा धेरै कुराको आनन्द र अनुभव लिन पाउने
८ माघ २०८१ (१ दिन अघि)

सिन्धुपाल्चोक । काठमाडौँबाट ६५ किलोमिटर दुरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे पर्यटकका लागि रोजाइको केन्द्र बन्न थालेको छ । सिन्धुपाल्चोकको सुकुटेलाई आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउन यहाँका व्यावसायीहरूले रचनात्मक कार्यसमेत गर्दै आएका छन् । 

प्राय काठमाडौँबासीको उपस्थिति बाक्लै देखिने सुकुटेमा पछिल्लो समय भारत, चीन, अमेरिका र युरोपियन पर्यटक पनि बढ्न थालेका छन् । शान्त, नदी र वरिपरि पहाडहरूको सुन्दरतालेसमेत पर्यटकलाई लोभ्याउने गरेको सुकुटेमा यहाँका व्यवसायीले मनोरन्जनात्मक एवम् रचनात्मक कार्यसमेत गरिरहेकाले पर्यटक थप आकर्षित भइरहेका छन् । 

सुकुटेलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नको लागि बिच भलिबल, महोत्सव, ¥याफटिङ प्रतियोगिता आयोजना भइरहेका हुन्छन् । यहाँका व्यवसायीहरू यस्ता कार्यक्रम र मेला महोसत्वले भूकम्प र कोरोनापछि खस्केको पर्यटक आवागमनलाई बढाउन सहयोग पुग्ने आशामा छन् । 

चीनसँगको अन्तर्राष्ट्रिय मार्ग कोदारी, छिमेकी जिल्ला दोलखाको कालिञ्चोक र भर्खरै खुला गरिएको जुगल हिमाल आरोहणमा आउने पर्यटकको ट्रान्जिट प्वाइन्ट सुकुटे बन्न थालेको भोटेकोशी बिच रिसोर्टका सञ्चालक कृृष्ण बहादुर सापकोटाले बताउनुभयो । यहाँका ठूला र साना होटेलमा पाँच सय मानिसले रोजगारी गर्छन् । सिजनमा दैनिक एक हजारभन्दा बढीले ¥याफ्टिङ गर्छन् ।

साहसिक खेलमा सयभन्दा बढी युवा रोजगार छन् । सुकुटेमा मनोरञ्जन लिन आउने अधिकांश पर्यटकले छोटो दुरीमा धेरै कुराको आनन्द र अनुभव लिन पाउने सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापाले दाबी गर्नुभयो ।

 सिजनमा एउटै रिसोर्टमा दैनिक १५ सयसम्म पर्यटक आउने व्यवसायी बताउछन् । 

अन्तिम अध्यावधिक: ८ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस