काठमाडौं– नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधामा छुट पाउने भएका छन् । बैंक र सलुनबिच छुट उपलब्ध गराउने समझदारी भएको हो।
नबिल बैंकका रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र सलुनकी संचालक बिनीता बुढाथोकीले सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीसँगै ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिटी कार्ड, एन बैंक वा बैंक ट्रान्सफरमार्फत सलुनको सेवापछि भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्य लगायत सम्पूर्ण सेवामा छुट उपलब्ध हुने उल्लेख गरिएको छ । यो समझदारीले नबिल बैंकका ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक नबिल बैंकले देशभर २ सय ६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३ सय १३ एटिएम मेसिन मार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
सिन्धुपाल्चोक, बागमती