अमेरिकी बजारमा परेको आर्थिक प्रभावले घट्यो सुनको मूल्य

होमपेज / -विद्युत / अन्तर्राष्ट्रिय / अन्तर्वार्ता / अपराध / अर्थ / आजको छापाबाट / उद्योग / कला संस्कृति / कृषि / खेलकुद / घटना / जीवनशैली / दुर्घटना / पर्यटन / पूर्वाधार / प्रवास / प्रवासका प्रतिभा / फोटो ग्यालरी / बिज्ञान प्रविधि / बैंक/वित्त / मनोरंजन / मुख्य समाचार / राजनीति / राशिफल / रोचक प्रसङ्ग / लेख / लेख/साहित्य / विचार विश्लेषण / विविध / समाचार / समाज / स्वदेशको सिर्जना / स्वास्थ्य/शिक्षा /
५ फागुन २०८० (११ महिना अघि)

काठमाडाै- अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभावसँगै सुनको मूल्य घटेको छ । यो साता विश्व बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । 

नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा उतार चढाव देखिएको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख १ हजार १ सय ६५ रुपैयाँ रहेको सुनको मुल्य साताको तेस्रो दिन १ लाख २ हजार ३ सय ६५ पुगेको थियो ।

त्यसपछिका दिनमा पनि केही घटेको सुनको मूल्य शुक्रबार भने केही बढेर १ लाख ३ सय ६५ रुपैयाँ कायम भयो । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ७ सय ७० रुपैयाँले कम हो । 

यो साता नेपाली बजारमा चाँदीको मूल्य भने बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार १ सय ९६ रुपैयाँ रहेको चाँदीको मूल्य साताको तेस्रो दिन बढेर १ हजार २ सय १३ रुपैयाँ पुगी चौथो र पाँचौं दिन सामान्य घटेर अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय ९ रुपैयाँ कायम भयो ।
 

अन्तिम अध्यावधिक: ४ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस